मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारलाई हटाउन मुख्यमन्त्री सिंहको सिफारिस

जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश कृषि विश्वविद्यालयका उपकुलपति डा. महादेव महतो र रजिष्ट्रार डा. भगवान ठाकुरलाई बर्खास्त गर्न सिफारिस गरेका छन्।

मुख्यमन्त्री सिंहले मंगलबार राति सम्पन्न सिनेट बैठकमा उक्त सिफारिस गरेका हुन्। कृषि विश्वविद्यालयको भवन शिलान्यास जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले एक वर्ष पहिले गरेका थिए, तर जनमत पार्टीका कार्यकर्ताहरूले शिलान्यासको दिन विवाद उत्पन्न गरेका थिए। यस क्रममा तत्कालीन शिक्षा मन्त्री महेश यादव घाइते भएका थिए।

मधेश प्रदेश सभाले यस विषयमा छानबीन समिति गठन गरे पनि प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरिएको छैन।

जनमत नेतृत्वको मधेश प्रदेश सरकारले कृषि विश्वविद्यालय सञ्चालनका लागि १० लाख बजेट विनियोजन गरेको छ, तर आर्थिक कारोबार विगत ७ महिना देखि बन्द रहेको छ। मुख्यमन्त्री सिंहको हालको कानूनी निर्णयले मधेश प्रदेशको शिक्षा क्षेत्र र सयौं विद्यार्थीको भविष्यमा नकरात्मक असर पुर्याउने सम्भावना देखिन्छ।

प्रतिक्रिया