अस्ट्रेलियन कप्तान स्टीभद्वारा वनडे क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौँ । अस्ट्रेलियाका कप्तान स्टीभ स्मिथले सन्यासको घोषणा गरेका छन् ।

च्याम्पियन्स ट्रफीको सेमीफाइनलमा भारतसँग पराजित भएपछि कप्तान स्मिथले एकदिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । तर, उनले अन्तर्राष्ट्रीय टेस्ट म्याच र टी-20 म्याच भने खेल्ने छन् ।

स्मिथले सन् २०१० मा वेस्ट इन्डीजको विरूद्ध लेग स्पिन अल राउन्डरको रुपमा रूप डेब्यू गरेका थिए ।

उनले १७० एकदिवसीय म्याचमा ४३.३ को रन रेटले ५८०० रन बनाए । जसमा १२ शतक र ३५ अर्द्धशतक छन् । त्यसबाहेक उनले २८ विकेट पनि लिएका छन् ।

प्रतिक्रिया
    ट्याग: