साउथ अफ्रीकालाई हराउँदै न्युजिल्यान्ड च्याम्पियन्स ट्रफीको फाइनलमा

काठमाडौँ । च्याम्पियन्स ट्रफीको उपाधिका लागि न्युजिल्यान्डले भारतसँगको भिडन्त सुनिश्चित गरेको छ ।
बुधवार भएको च्याम्पियन्स ट्रफीको दोस्रो सेमीफाइनलमा साउथ अफ्रीकालाई ५० रनले पराजित गर्दै न्युजिल्यान्डले फाइनलमा स्थान सुरक्षित गरेको हो ।
न्युजिल्यान्डले दिएको ३६२ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रेको साउथ अफ्रीकाले निर्धारित ओभर खेल्दै सबै विकेट गुमाएर ३१२ रन मात्रै बनाउन सक्यो ।
साउथ अफ्रीकालाई जितबाट रोक्न न्युजिल्यान्डका मिचेल सार्टनरले ३ विकेट लिँदा ग्लेन फिलिप र म्याट ह्यारीले समान २/२ विकेट लिए।
प्रतिक्रिया