मधेस प्रदेका मुख्यमन्त्री सिंह ‘महामूर्ख’ घोषित

जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह महामुर्ख घोषित भएको छ। प्रत्येक वर्षझैँ यसबर्ष पनि होरी महोत्सव तथा महामूर्ख सम्मेलनको अवसरमा आयोजित महामूर्ख सम्मेलनमा मुख्यमन्त्री सिंह घोषित भएको हो।

मिथिला नाट्यकला परिषदले प्रत्येक वर्ष होली पर्वको अवसरमा आयोजना गर्ने गरेको महामूर्ख सम्मेलनमा एक विशिष्ट व्यक्तित्वलाई दिने महामुर्खको उपाधी मुख्यमन्त्री सिंहलाई प्रदान गरिएको हो। शुक्रबार जनकपुरधामस्थित राम मन्दिरको प्राङ्गणमा आयोजित महामूर्ख सम्मेलनमा उहाँलाई मिथिला नाट्य कला परिषद्ले महामूर्ख घोषणा गरेको छ।

सिंह मुख्यमन्त्रीको शपथ ग्रहण मैथिलीमा लिएको र मुख्यमन्त्री भएपछि स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानलाई सम्मान गर्दै उनलाई महामूर्खको पदवी दिइएको परिषद्का संयोजक समितिका संयोजक श्याम सुन्दर शशिले जानकारी दिए।

आकर्षण ब्यङ्गात्मक माला, टोपी, होरीमा बजाइने डम्फा, सम्मान पत्र र मायाको चिनो सहित मुख्यमन्त्री सिंहलाईसो सम्मान प्रदान गरिएको उनले जनाए।

त्यसैगरि सोहि समारोहमा हरेक वर्ष समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याएवापत प्रदान गरिने अन्य १३ मान पदवीमा यस वर्ष पटमुर्खको उपाधी झारखण्डबाट आएका मैथिली कवि–साहित्यकार सियाराम झा ‘सरस’ लाई र हराशंखको उपाधि जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहलाई प्रदान गरिएको छ ।

त्यसैगरि लोहाशंकरको उपाधी साहित्यकार रामरिझन यादव, गणपसारैनको उपाधी मिथिला कलाकर्मी सीता देवी कर्ण, मनतोरियाको उपाधी भेटेरिनरी डाक्टर डा. पिंकी मण्डल, पवित्रपापीको उपाधी जनकपुर वार एशोसिएशनका अध्यक्ष अधिवक्ता विमल कुमार मिश्र र सोटाचन्द्रको उपाधी प्राधानाध्यापक कृष्णचन्द्र चौधरीलाई दिलतोरियाको उपाधी प्रदान गरिएको छ ।

यसका आलावा बज्रकीटको उपाधी वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, डपौरशंखको उपाधी नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष पुरण गुप्ता, खेसारीलालको उपाधी जनकपुरधाम व्यापार संघका अध्यक्ष सुरेन्द्र भण्डारी, खपसुरताको उपाधी जनकपुरका परिचित डाक्टर डा. रामविनय चौधरी, तरघुसकाको उपाधी कुमार भाष्कर र बालवोधको उपाधी राजेशकुमार मिश्रलाई प्रदान गरिएको संयोजक शशिले जनाए।

मैथिली भाषा, साहित्य, कला, गित संगीत र नाटय क्षेत्रमा काम गर्दै आएको मिनापले २८ वर्ष देखि होरी महोत्सव र महामुर्ख सम्मेलन गरि होलीमा दुई दिवसीय कार्यक्रम गर्दै आएको छ।

वि.सं. २०६१ सालबाट जनकपुरधाममा महामूर्ख सम्मेलनको आयोजन हुँदै आएको छ।

विसं २०६१ मा महामूर्खको उपाधी मैथिली कवि नरेश ठाकुर, विसं २०६२ मा तत्कालीन नेकपा (एमाले) का नेता शीतल झा, २०६३ मा तत्कालीन जनकपुर नगरपालिकाका प्रमुख हरिबहादुर बिसी, २०६४ मा तत्कालीन सद्भावना पार्टीका नेता ओमकुमार झा, २०६५ मा वरिष्ठ साहित्यकार डा राजेन्द्र विमल, २०६६ मा पूर्वमन्त्री रामचन्द्र झा, २०६७ मा नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाल, २०६८ मा साहित्यकार रामभरोष कापडि भ्रमर, २०६९ मा नेपाली कांग्रेसका नेता रामसरोज यादव, २०७० मा तमलोपाका वरिष्ठ नेता डा विजयकुमार सिंह, २०७१ मा नेता शत्रुधन महतो, २०७२ मा श्मशानघाटको स्वरूप परिवर्तन गरी आधुनिक स्वर्गद्वार बनाएर चर्चा बटुलेका पवन सिंघानीयालाई महामूर्खको उपाधी प्रदान गरिएको थियो ।

विसं २०७३ मा सप्तरीको मलेठमा नेकपा (एमाले)ले गरेको मेची–महाकाली अभियानका क्रममा प्रहरीको गोली लागेर पाँच जनाको मृत्यु भएपछि अन्तिम समयमा मिनापले सो कार्यक्रम स्थगित गरेको थियो । विसं २०७४ मा महामूर्खको उपाधी तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल र विसं २०७५ मा जसपाका नेता लालकिशोर साहलाई प्रदान गरिएको थियो ।

त्यस्तै विसं २०७६ मा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, २०७७ सालमा महजोडी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य एवं २०७८ सालमा निवर्तमान मधेस प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष तथा अर्थविद डा भोगेन्द्र झालाई र २०७९ सालमा जनकपुरधाम उमहानगरपालिकाका मेयर मनोज कुमार साहलाई महामूर्खको उपाधी प्रदान गरिएको थियो।

त्यसैगरी २०८० सालमा मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई प्रदान गरिएको थियो।

तस्बिरः घनश्याम मिश्र/नागरिक मिरर

प्रतिक्रिया