मङ्गलम र सूर्यज्योति लाइफ इन्स्योरेन्सबीच सहकार्य, १० देखि १५ प्रतिशत छुट

जनकपुरधाम । जनकपुरका प्रतिष्ठित मंगलम् डायग्नोस्टिक सेन्टर र सूर्यज्योति लाइफ इन्स्योरेन्सबीच विशेष सहकार्य भएको छ। दुवै संस्थाबीच सोमबार सम्झौता पत्रमा हस्ताक्षर भएको मंगलम् डायग्नोस्टिकका प्रबन्ध निर्देशक अर्थ ठाकुरले जानकारी दिएको छ।

सम्झौताअनुसार सूर्यज्योति लाइफ इन्स्योरेन्सले “SuryaJyoti Cares” नामक डिजिटल कार्ड जारी गर्नेछ, जसमा कार्डधारकहरूको नाम समावेश हुनेछ। यस कार्डलाई प्रस्तुत गरेपछि मंगलम् डायग्नोस्टिकले बीमित, एजेन्ट, कर्मचारी तथा उनीहरूका आश्रितहरूलाई विशेष छुट वा अफर प्रदान गर्नेछ।

सहमतिअनुसार सूर्यज्योति लाइफ इन्स्योरेन्सका कर्मचारीहरूलाई प्रत्येक प्रयोगशाला परीक्षणमा १५% छुट तथा कर्मचारीका परिवारका सदस्यहरूलाई १०% छुट प्रदान गरिनेछ। सम्झौता हस्ताक्षर भएको मितिबाटै लागू हुनेछ र रद्द नगरिएसम्म वैध रहनेछ।

सम्झौतामा मंगलम् डायग्नोस्टिकका तर्फबाट अर्थ ठाकुर तथा सूर्यज्योति लाइफ इन्स्योरेन्सका तर्फबाट रिजनल म्यानेजर सन्तोष कुमार तिवारीले हस्ताक्षर गरेको छ।

प्रतिक्रिया