धनुषा : दुई छोराको हत्या गरि आमाले आत्महत्या गरेको आशंका


जनकपुरधाम । धनुषामा दुई बालकको हत्या गरी आमाले आत्महत्या गरेको अशंका गरिएको छ । शुक्रबार साँझ नगराइन नगरपालिका–७ फुलगामाकी २४ वर्षीया गुडिया साहले पाँच वर्षीय छोरा अभिषेक र तीन वर्षीय आदित्य साहको हत्या गरी आँफुले पनि आत्महत्या गरेको घटना बाहिर आएको छ ।

धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले ती दुबै बाललको घाटी थिचि हत्या गरेको जस्तो देखिएको बताए । उनका अनुसार फेरी त्यही घरमो सिलिङ फ्यानमा पासो लगाएर गुडियाले आत्महत्या गरेको छ । मृतक गुडियाको श्रीमान गुरुदेव साह दैनिक ज्याला मजदुरीमा काम गर्न जनकपुर आएका थिए भने सासु ससुरा खेत बारीमा काम गर्न गएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घरमा कोही नभएको बेला चर्को स्वरमा डिजे साउण्ड बजाएर गुडियाले छोराको हत्या अशंका गरिएको छ । घटनास्थलबाट गुडियाले प्रयोग गर्ने मोबाइल फुटेको अवस्थामा बरामद भएको छ । प्रहरीका अनुसार १० वर्षअघि गुडिया र गुरुदेव साहले विवाह गरेका थिए ।

तीनै जनाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
नागरिक मिरर