मधेसी निजामती कर्मचारी मञ्चको अध्यक्षमा लालबाबु यादव चयन

जनकपुर । नेपाल मधेसी निजामती कर्मचारी मञ्चको चौथो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा लालबाबु यादव चयन भएका छन् ।

तीन दिनसम्म जनकपुरधाममा भएको महाधिवेशनबाट यादवलाई अध्यक्षमा निर्विरोध चयन गरेको आयोजक समितिले जनाएको छ । यस्तै मञ्चको उपाध्यक्षमा ताहिर हुसेन, जवाहरलालप्रसाद कुर्मी, रामआधार यादव, राकेशरञ्जन दास, सुनिलकुमार पाण्डे, दीपेन्द्रकुमार यादव, रुमाकुमारी झा, सुजिताकुमारी राउत, कामेश्वर राउत र सत्यनारायण यादव तथा महासचिवमा अनिलकुमार साह चयन भएका छन् ।

यस्तै, सचिवमा रामअशिष शर्मा, सत्यनारायण झा, बद्री मण्डल, वैद्यनाथ सिंह, मंजिर अन्सारी, शिवनारायण मण्डल, जीतेन्द्र यादव, राधेश्याम चौधरी र सन्ध्या दास र कोषाध्यक्षमा पुष्पाकुमारी मिश्र चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा दीपकुमार ठाकुर, सन्दीप पटेल, अमजत अलि असन्सारी, अजयकुमार झा, शशी यादव, राम सुलित महतो, हिरावन यादव, वैद्यनाथ मण्डल, रवीन्द्रराय यादव, अरविन्द झा, मोहनकुमार सिंह, परमानन्द मण्डल, सुनिलकुमार साह, चन्दनकुमार रजक, रिमा दुवे, मनोजकुमार मण्डल र सोनी दास रहेका छन् ।

महाधिवेशनबाट नेपाल मधेसी निजामती कर्मचारी मञ्चको मधेस प्रदेश समितिको अध्यक्षमा सञ्जयकुमार मिश्र चयन भएका छन् भने समितिको उपाध्यक्षमा विनोद पाण्डे, रामहृदय यादव, राजेश साह, प्रेमकुमार महतो, स्वेता झा र शुभकरण राय चयन भएका छन् । सचिवमा दीपककुमार ठाकुर, सहसचिवमा भुवनेश्वर महतो, सञ्जयकुमार यादव, श्यामसुन्दर महतो र राम स्वरुप सिंह र कोषाध्यक्षमा बन्दना मिश्रलाई चयन गरिएको जनाइएको छ ।

प्रतिक्रिया
    ट्याग: