क्रिकेटर शाकिबको सम्पत्ति जफत गर्न बङ्गलादेशी अदालतको आदेश

एएफपी । देशको पूर्व नेताप्रतिको बफादारीका कारण उत्पन्न भएको पछिल्लो कानूनी समस्यामा बङ्गलादेशको एक अदालतले क्रिकेटर शाकिब अल हसनको सम्पत्ति जफत गर्ने आदेश दिएको छ ।
शकिब स्वेच्छाचारी पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टीका पूर्व सांसद हुन् । हसिनालाई गत वर्ष विद्यार्थी नेतृत्वको विद्रोहमा हटाइएको थियो र उनी हेलिकप्टरबाट छिमेकी मुलुक भारतमा शरण लिन पुगेकी थिइन् ।
उनीमाथि तीन लाख डलरभन्दा बढीको चेकहरू बाउन्स गरेको भनी ठगीको आरोपमा मुद्दा चलिरहेको छ ।
अदालतले जनवरीमा शाकिबको गिरफ्तारीका लागि वारेन्ट जारी गरेपछि राजधानी ढाकाका मजिस्ट्रेटले सोमवार जफत गर्न आदेश दिएका हुन् ।
हसिनाको सरकार पतन हुँदा शाकिब क्यानाडामा घरेलु टी–२० क्रिकेट प्रतियोगिता खेल्न गएका थिए र त्यसयता उनी बङ्गलादेश फर्किएका छैनन् ।
बायाँ हातका अलराउन्डर शकिबले बङ्गलादेशका लागि ७१ टेस्ट, दुई सय ४७ एकदिवसीय अन्तर्राष्ट्रिय र एक सय २९ टी–२० खेलेका छन् र कुल सात सय १२ विकेट लिएका छन् ।






