हमालको नियुक्ति जनताको इच्छा विपरीत हुँदा राजिनामा भयो : नारायणकाजी

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नव नियुक्त मन्त्री गजेन्द्र बहादुर हमालको राजिनामा जनताकै भावना अनुसार भएको बताएका छन् ।

आईतबार जनकपुर आईपुगेका नेता श्रेष्ठले संविधानमा गैर साँसदलाई मन्त्री बनाउने व्यवस्था अनुरुप बनाएको भएपनि जनताको ‘म्याण्डेड’ अनुसार राजनीनामा गर्ने अवस्था आएको उनले बताएका हुन् ।

‘संवीधानमा रहेको व्यवस्था अनुसार गैर साँसदलाई पनि मन्त्री बनाइएको थियो,’उनले भने, ‘तर जनताककै भावना अनुसार दुई दिनमै राजिनामा गर्ने अवस्था आयो ।’ गत शुक्रबार शेर बहादुर देउवा नेतृत्वको सरकारले उनलाई उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रीमा नियुक्त गरेका थिए । जनताको इच्छा विपरीत मन्त्री नियुक्त हुँदा राजिनामा गर्नु परेको उनको भनाई छ ।

८५ दिन भित्र मन्त्रिपरिषद् विस्तार गर्ने व्यवस्था भएको भन्दै गठबन्धनको आन्तरिक समस्याका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलो भएको उनले बताए ।

गठबन्धनले प्रतिगमनलाई असफल बनाएपनि पछिल्लो काम कारवाहीसँग नेता श्रेष्ठ पनि असंतुष्ट रहेको संकेत गरे । विभिन्न दलको गठबन्धन मिलेर बनेको सरकारले एक आपसमा तालमेल मिलाउन समय लाग्ने उनले उल्लेख गरे ।

नेता श्रेष्ठ वाईसिएल जिल्ला कमिटि सर्लाहीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सहभागि हुन जनकपुर आएका छन् ।

प्रतिक्रिया
नागरिक मिरर