युद्धबारे जानकारी दिने च्याट ग्रुपमा जब झुक्किएर ट्रम्पले पत्रकारलाई एड गरे…

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धबारे जानकारी दिने एक च्याट ग्रुपमा पत्रकारलाई एड गरेपछि आलोचना सुरु भएको छ ।
पछिल्लो समय अमेरिकाले हुथी विद्रोहीमाथि आक्रमण गर्दै आएको छ । हुथी विद्रोहीसँगको युद्धबारे कुराकानी गर्नका लागि अमेरिकी प्रशासनले बनाएको च्याट ग्रुपमा अमेरिकी राष्ट्रपति ट्रम्पले एकजना पत्रकारलाई एड गरेको विषयले उनी आलोचित बनेका हुन् ।
हुथीसँगको युद्धबारे अमेरिकी प्रशासनले बनाएको सो च्याट ग्रुपमा ट्रम्पले अमेरिकाको ‘द एटलान्टिक’ का इडिटर इन चिफ जेफरी गोल्डवर्गलाई झुक्किएर एड गरेका थिए । सो च्याट ग्रुपमा हुथी विद्रोहीसँगको जानकारी साझा गरिँदै थियो ।
उक्त घटना पछि अमेरिकाका विपक्षी र सत्ता पक्ष दुबै दलले ट्रम्प प्रशासनको आलोचना हुँदै छ ।
प्रतिक्रिया






