१ सय ६६ जना नेपालीलाई युएई सरकारको आम माफी

काठमाडौँ । युएई सरकारले १ सय ६६ जना नेपालीलाई आम माफी दिएको छ ।

युएई सरकारले पवित्र महिना रमादान एवं ईद पर्वका अवसरमा एक सय ६६ जना नेपाली बन्दीलाई आम माफी दिइएको हो । युएई सरकारको उक्त निर्णयप्रति नेपाल सरकारले कृतज्ञता ज्ञापन गरेको छ ।

परराष्ट्र मन्त्रालयले मंगलवार एक विज्ञप्ति जारी गर्दै युएई सरकारको उक्त कदम हार्दिकतापूर्ण द्विपक्षीय सम्बन्धको नमूना भएको जनाएको छ ।

अबुधाबीस्थित नेपाली दूतावासको अनुरोधमा युएई सरकारले उनीहरुलाई आम माफी दिएको हो ।

प्रतिक्रिया
    ट्याग: