भिसा सकिए पनि लुकेर बसेका चिनियाँ नागरिक चितवनबाट पक्राउ

काठमाडौं । भिसा अवधि सकेर पनि लुकेर बसेका चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय चितवनले ५१ वर्षीय चिनियाँ नागरिक हुआङ शिक्वानलाई आइतबार पक्राउ गरेको हो। उनी सौराह क्षेत्रमा लुकिछिपी बसेको प्रहरीको भनाइ छ। 

‘उनी नेपाली महिलासँग प्रेम सम्बन्ध थिए। उनीहरूसँगै बस्थे। तर चिनियाँ नागरिकको भिसाको मिति सकेपनि यहीँ बसेको भएर हामीले ल्याएका हौं,’ चितवन प्रहरी उपरीक्षक ओम अधिकारीले भने। उनको सन् २०२० अप्रिल १७ गते नै भिसा सकिएको उनले बताए। 

उनलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाहीको लागि पर्यटक प्रहरी इकाइ भृकुटीमण्डपमार्फत् अध्यागमन विभाग बुझाएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया
नागरिक मिरर