मोदीसँगको भेटपछि प्रधानमन्त्री ओलीले भनेः हाम्रो संवाद अत्यन्त सार्थक र रचनात्मक रह्यो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओलीले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमा भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवर्ता फलदायी रहेको जानकारी दिएका छन् ।
उनले लेखेका छन्, ‘मेरा प्रिय मित्र, भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदी जीसँग आज बैंककमा आत्मीय र सौहार्दपूर्ण संवाद भयो। हाम्रो संवाद अत्यन्त सार्थक र रचनात्मक रह्यो। हामीले नेपाल-भारत सम्बन्धका विभिन्न पक्षमा छलफल गर्यौं। विम्स्टेक शिखर सम्मेलनले उठान गरेका मुद्दाका साथै दुई देशीय सम्बन्ध र क्षेत्रीय सहकार्यलाई अगाडि बढाउन नयाँ साझेदारीका लागि यो संवाद महत्त्वपूर्ण हुने छ।’
प्रधानमन्त्री बनेपछि ओली र मोदीबीचको यो पहिलो भेटवार्ता हो ।
प्रतिक्रिया






