काठमाडौँ विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर

काठमाडौँ । काठमाडौँ फेरि विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । एयर क्वालिटी इन्डेक्सका अनुसार काठमाडौँको प्रदूषणको स्तर १८४ पुगेको छ । जुन शनिवारको सबैभन्दा धेरै हो ।
पछिल्लो केहि समयदेखि काठमाडौँ उपत्यकामा प्रदूषणको स्तर उच्च रहेको हुँदा सरकारले स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सकेसम्म घर बाहिर ननिस्कन र निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्न भनेको छ ।
प्रतिक्रिया






