दिल्लीसँग आफ्नै मैदानमा चेन्नईको हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले चेन्नई सुपर किङ्ग्सलाई २५ रनले पराजित गरेको छ । १८४ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रेको चेन्नईले निर्धारित ओभर खेल्दै ५ विकेटको क्षतिमा १५८ रन मात्रै बनाउन सक्यो ।

चेन्नईका लागि ओपनर ब्याट्स म्यान रचिन रविन्द्र र डेवोन कन्वेले खासै रन बनाउन सकेनन् भने कप्तन ऋृतुराज गायक्वाड पनि सस्तोमै समेटिए । चौथो विकेटका लागि मैदान उत्रेका विजय शंकरले सर्वाधिक रन ६९ रन बनाए भने महेन्द्र सिंह धोनीले ३० रनको पारी खेले ।

चेन्नईलाई जितबाट रोक्न दिल्लीका विपराज निगमले २ विकेट लिए भने कुलदिप यादव, मिचेल स्टार्क, मुकेश कुमार र मोहित शर्माले समान १ १ विकेट लिए ।

त्यस अघि टस जितेर पहिला ब्याटिङ्ग गरेको दिल्लीले निर्धारित ओभर खेल्दै ६ विकेट गुमाएर १८३ रन बनायो । दिल्लीका लागि केएल राहुलले सर्वाधिक ७७ रन बनाए भने अभिशेक पोरेलले ३३ रन बनाए । जबकी ट्रिस्टन स्टब्स ३० रन बनाएर नट आउट रहे ।

चेन्नईका लागि खलिल अहमदले २ विकेट लिए भने रविन्द्र जडेजा, मथिशा पाथिराना र नुर अहमदले समान एकएक विकेट लिए ।

प्रतिक्रिया
    ट्याग: