एनी कुँवर पक्राउ

काठमाडौं । गत चैत १५ गते तीनकुनेको घटनामा संलग्न रहेको अभियोगमा पत्रकार एनी कुँवर पक्राउ परेकी छिन् ।
१५ गते भएको आन्दोलनको क्रममा तीनकुलेको एउटा घरमा भएको आगजनीलाई लिएर कुँवरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले सोमवार पक्राउ गरेको हो ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडिओमा आगजनी भएको घरको भर्याङबाट एनी ओर्लिरहेको देखिएको थियो । सोही घरमा पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो । कतिपयले घटनामा एनीको संलग्नता हुन सक्ने आशंका गरिरहेका छन् । एनीले भने आफूले त्यसबेला सुरेशलाई नदेखेको दाबी गर्दै आएकी छिन् ।
अर्काको घरमा अनधिकृत प्रवेश गरेको पुष्टि भएकाले कुँवरलाई निर्दोष मान्न नसकिने प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको पनि प्रहरीले जनाएको छ ।
प्रतिक्रिया






