प्रधानमन्त्री ओलीले मंगलवार मधेस प्रदेश सभामा सम्बोधन गर्ने

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार मधेस प्रदेश सभामा सम्बोधन गर्ने भएका छन् ।

मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले प्रधानमन्त्री ओलीले मंगलवार दिउँसो १ बजे सम्बोधन गर्ने निश्चित भएकोजानकारी दिए ।

प्रदेश सभा सचिवालयका सचिव बासु कोइराला तथा उपसचिव विपिन कुमार ठाकुरको अगुवाइमा प्रदेश सभालाई नयाँ तरिकाले सजाउने काम भएको छ।

१२ दिनदेखि अवरुद्ध मधेस प्रदेशसभा बैठक सञ्चालन गर्ने सम्बन्धमा शुक्रवार बसेको सर्वदलीय बैठकमा तीन बुँदे सहमतिमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने सहमति समेत भएको र तीन बुँदै सहमति भएसँगै विवाद सुल्झिएको हो ।

प्रतिक्रिया
    ट्याग: