सरकारले सुशासन कायम गर्नका लागि निरन्तर काम गरिरहेको छ: प्रधानमन्त्री ओली

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुशासन कायम गर्नका लागि निरन्तर काम गरिरहेको दावी गरेका छन् ।

मंगलवार मधेश प्रदेश सभामा सम्बोधन गर्दै उनले नागरिकलाई गणतन्त्रको अनुभुति दिलाउनका लागि जनताले जनप्रतिनिधिलाई चयन गरेर सरकार बनाएको बताए ।

उनले भ्रष्टाचारले मुलुकलाई कुशासन तर्फ लग्ने भन्दै भ्रष्टाचारलाई अन्त्य गर्न र नागरिकलाई उसको अधिकारको प्रत्याभुत गराउनका लागि गणतन्त्रको आवश्यकता रहेको बताए ।

प्रतिक्रिया
    ट्याग: