आईपीएल: गुजरात र राजस्थान भिड्दै

काठमाडौँ । इन्डिन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधवार गुजरात टाइटन्स् र राजस्थान रोयल्सबीच खेल हुँदैछ ।

अहमदावादमा हुने गुजरात र राजस्थानबीचको खेल साँझ ७ः४५ बजेबाट सुरु हुनेछ ।

जारी सिजनमा गुजरात राम्रो प्रदर्शनसहित अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ भने राजस्थान सातौँ स्थानमा रहेको छ । हालसम्म गुजरातले ४ खेल खेलेकोमा ३ मा जित हात पारेको छ भने राजस्थानले ४ खेलमा २ मा मात्रै जित निकाल्न सकेको छ ।

प्रतिक्रिया