गुजरातद्वारा राजस्थानसमक्ष २ सय १८ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । इन्डिन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गुजरात टाइटन्सले राजस्थान रोयल्ससमक्ष २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

अहमदावादमा भइरहेको खेलमा टस हारे पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको गुजरातले निर्धारित ओभर खेल्दै ६ विकेटको क्षतिमा २१७ रन बनायो ।

गुजरातका लागि साई सुदर्शनले सर्वाधिक ८२ रनको योगदान गरे भने जोस बटलर र मोहम्मदर शाहरुख खानले समान ३६ रन जोडे ।

राजस्थानका लागि तुषार देशपाण्डे र महेश तिक्षणाले समान २/२ विकेट लिँदा जोफरा आर्चर र सन्दीप शर्माले समान १/१ विकेट लिए ।

जारी सिजनमा गुजरात राम्रो प्रदर्शनसहित अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ भने राजस्थान सातौँ स्थानमा रहेको छ । हालसम्म गुजरातले ४ खेल खेलेकोमा ३ मा जित हात पारेको छ भने राजस्थानले ४ खेलमा २ मा मात्रै जित निकाल्न सकेको छ ।

प्रतिक्रिया