राजस्थानलाई ५८ रनले हराउँदै गुजरातको सानदार जित, शिर्ष स्थानमा उक्लियो

काठमाडौँ । इन्डिन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गुजरात टाइटन्सले सानदार जित हात पारेको छ ।
अहमदावादमा भएको खेलमा राजस्थान रोयल्यसलाई ५८ रनले पराजित गर्दै गुजरातले चौथो जित हात पारेको हो ।
२१८ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रेको राजस्थानले निर्धारित ओभरमा विकेट गुमाएर रन मात्रै बनाउन सक्यो । राजस्थानका लागि सिमरन हेटमायरले सर्वाधिक ५२ रन बनाए पनि त्यो जितका लागि काम लागेन । त्यस्तै कप्तान सञ्जु सैमसनले ४६ रनको पारी खेले भने रियान परागले २६ रन बनाए ।
राजस्थानलाई जितबाट रोक्नका लागि गुजरातका प्रसिद्ध कृष्णाले सर्वाधिक ३ विकेट लिए भने राशिद खान र साई किशोरले समान २२ विकेट लिए । यस्तै अर्सद खान, कुलवन्त खेजरोलिया र मोहम्मद सिराजले समान १/१ विकेट लिए ।
त्यसअघि टस हारे पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको गुजरातले निर्धारित ओभर खेल्दै ६ विकेटको क्षतिमा २१७ रन बनायो । गुजरातका लागि साई सुदर्शनले सर्वाधिक ८२ रनको योगदान गरे भने जोस बटलर र मोहम्मदर शाहरुख खानले समान ३६ रन जोडे । गुजरातका कप्तान शुभमन गिल भने २ रनमै आउट भए । राहुल तेवतिया २४ रनमा नट आउट रहे भने राशिद खान १२ रनमा आउट भए ।
राजस्थानका लागि तुषार देशपाण्डे र महेश तिक्षणाले समान २/२ विकेट लिँदा जोफरा आर्चर र सन्दीप शर्माले समान १/१ विकेट लिए ।






