दिल्लीले टस जित्यो, बैङ्गलोरलाई पहिला ब्याटिङ्ग गर्न निम्तो

काठमाडौँ । इन्डिन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत दिल्ली क्यापिटल्सले टस जितेको छ ।
बैङ्गलोरस्थित चिन्नास्वामी क्रिकेट स्टेडियममा अबको केहीबेरमा सुरु हुने आजको खेलमा दिल्लीले टस जितेर रोयल च्यालेन्जर्स बैङ्गलोरलाई पहिला ब्याटिङ्ग गर्न निम्तो दिएको छ ।
जारी सिजनमा दुबै टीम बलियो प्रदर्शन गर्दै आएको छ । रजत पाटीदारको कप्तानीमा रहेको बैङ्गलोरले जारी सिजनमा ४ खेल खेलेकोमा ३ मा जित हात पारेको छ भने अक्षर पटेलको कप्तानीमा रहेको दिल्लीले हालसम्म ३ खेल खेलेकोमा ३ मै जित पारेको छ ।
आजको खेलमा जित निकाल्दै दिल्ली अङ्क तालिकामा माथि उक्लिन चाहन्छ भने बैङ्गलोर पनि जित निकाल्दै अङ्क तालिकामा सुधार गर्न चाहन्छ ।
प्रतिक्रिया






