दिल्लीको बलर समक्ष चलेन बैङ्गलोरको ब्याटिङ्ग, १६४ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । इन्डिन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत रोयल च्यालेन्जर्स बैङ्गलोरले दिल्ली क्यापिटल्ससमक्ष १६४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बैङ्गलोरस्थित चिन्नास्वामी क्रिकेट स्टेडियममा जारी खेलमा बैङ्गलोरले निर्धारित ओभर खेल्दै ७ विकेटको क्षतिमा १६३ रन बनाएको हो ।

टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको बैङ्गलोरका लागि फिल साल्टले सर्वाधिक ३७ रन जोडे भने टिम डेविडले पनि नट आउट रहँदै ३७ रन बनाए । यस्तै कप्तान रजत पाटीदारले २७ रन जोड्दा विराट कोहलीले २२ रन बनाए ।

बैङ्गलोरलाई मध्यम रन स्कोरमा समेट्न दिल्लीका लागि कुलदिप यादव र विपराज निगमले समान २/२ विकेट लिँदा मुकेश कुमार र मोहित शर्माले समान १/१ विकेट लिए ।

जारी सिजनमा दुबै टीम बलियो प्रदर्शन गर्दै आएको छ । रजत पाटीदारको कप्तानीमा रहेको बैङ्गलोरले जारी सिजनमा ४ खेल खेलेकोमा ३ मा जित हात पारेको छ भने अक्षर पटेलको कप्तानीमा रहेको दिल्लीले हालसम्म ३ खेल खेलेकोमा ३ मै जित पारेको छ ।

आजको खेलमा जित निकाल्दै दिल्ली अङ्क तालिकामा माथि उक्लिन चाहन्छ भने बैङ्गलोर पनि जित निकाल्दै अङ्क तालिकामा सुधार गर्न चाहन्छ ।

प्रतिक्रिया