आईपीएल क्रिकेटः आज चेन्नई र कोलकोत्ता भिड्दै

काठमाडौँ । इन्डियन प्रियिमर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज चेन्नई सुपर किङ्ग्स र साविक विजेता कोलकोत्ता नाइट राइडर्सबीच खेल हुँदैछ ।

चेन्नईको चेपकस्थित एमए चिदम्बरम क्रिकेट स्टेडियममा हुने आजको खेल साँझ ७ः४५ बजेबाट सुरु हुनेछ ।

आजको खेलमा दुबै टोली जितसहित अङ्क तालिकामा आफ्नो स्थान सुधार्न चाहन्छ ।

जारी सिजनमा कोलकोत्ताले हालसम्म खेलेको ५ खेलमा २ मा मात्रै जित निकालेको छ भने चेन्नईले ५ खेलमा १ मा मात्रै जित निकालेको छ ।

कोलकोत्ताको कप्तानी अजिंक्या रहाणेले गरिरहेका छन् भने चेन्नईको कप्तानी महेन्द्रसिंह धोनीले गर्नेछन् । चेन्नईका कप्तान ऋृतुराज गायक्वाड चोटका कारण लिगबाट बाहिरिएका छन् । त्यसकारण बाँकी खेलमा अब धोनीले नै चेन्नईको कप्तानी गर्नेछन् ।

प्रतिक्रिया