चेन्नईमाथि कोलकोत्ताको धमाकेदार जित

काठमाडौँ । इन्डियन प्रियिमर लिग (आईपीएल) क्रिकेट अन्तर्गतको खेलमा कोलकोत्ता नाइट राइडर्सले सानदार जित हात पारेको छ ।

चेन्नईको चेपकस्थित एमए चिदम्बरम क्रिकेट स्टेडियममा भएको खेलमा चेन्नई सुपर किङ्ग्सलाई ८ विकेटले पराजित गर्दै कोलकोत्ताले सानदार जित हात पारेको हो ।

चेन्नईले दिएको १०४ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रेको कोलकोत्ताले ओभर १० ओभर १ बल खेल्दै जम्मा २ विकेटको क्षतिमा जित हात पारेको हो ।

कोलकोत्ताको जितका लागि सुनिल नरेनले सर्वाधिक ४४ रन बनाए भने क्वान्टिक डिककले २३ रन बनाए । यस्तै कप्तान अजिंक्या रहाणले २० रनमा नट आउट रहे भने रिंकु सिंह १५ रनमा नट आउट रहे ।

चेन्नईका लागि नूर अहमद र खलिल अहमदले समान १/१ विकेट लिए ।

टस हारेर पहिला ब्याटिङ्ग गर्दै चेन्नईले जारी सिजनकै सबैभन्दा खराब रन बनाएको थियो । चन्नईले निर्धारित ओभर खेल्दै ९ विकेटको क्षतिमा जम्मा १०३ रन मात्रै बनाउन सक्यो ।

चेन्नईका लागि शिवम दुवेले सर्वाधिक ३१ रनको पारी खेले भने विजय शंकरले २९ रन जोडे । डेवोन कन्भे १२ रनमा आउट हुँदा राहुल त्रिपाठी १६ रनमा आउट भए । त्यसबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्क समेत जोड्न सकेनन् ।

रचिन रविन्द्र ४, रविन्द्र जडेजा ०, रविचन्द्रन अश्विन १, दिपक हुडा शून्य, कप्तान महेन्द्रसिंह धोनी १ र नूर अहमद पनि १ रनमा आउट भए । अन्सुल कम्बोजले ३ रन बनाएर नट आउट रहे ।

चेन्नईमाथि दबाब बनाउँदै कोलकोत्ताका बलहरूले राम्रो प्रदर्शन गरे । चेन्नईलाई न्यून स्कोरमा समेट्न कोलकोत्ताका सुनिल नरेनले सर्वाधिक ३ विकेट लिँदा हर्षित राणा र वरुण चक्रवर्तीले समान २/२ विकेट लिए । त्यस्तै वैभव अरोरा र मोइन अलिले समान १/१ विकेट लिए ।

जारी सिजनमा कोलकोत्ताले हालसम्म ६ खेल खेल्दा ३ मा जित निकालेको छ भने चेन्नईले ६ खेलमा १ मा मात्रै जित निकालेको छ ।

प्रतिक्रिया