नयाँ वर्षको दिन पनि शिक्षकहरूको आन्दोलन जारी

काठमाडौं । काठमाडौँमा जारी शिक्षकहरूको आन्दोलन १३ औँ दिन पनि जारी छ । सरकारसँग पटकपटक वार्ता भएपनि निस्कर्षबिहीन भएपछि शिक्षकहरूको आन्दोलन सोमवार १३ औँ दिन पनि जारी रहेको छ ।
नेपाल शिक्षक महासङ्घको नेतृत्वमा भइरहेको आन्दोलनका कारण शिक्षकहरूले नयाँ वर्ष २०८२ सडकमै आन्दोलन गरेर मनाएका छन् ।
शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरू गत चैत २० गतेदेखि आन्दोलनमा छन् ।
प्रतिक्रिया






