मैथिली बल्लभव पडौलमा चार कोठे विद्यालय भवनको शिलान्यास

महोत्तरी । नयाँ वर्षको आगमनसँगै महोत्तरीको बलवा नगरपालिकाका मेयर राम विजय महतोले चार कोठे विद्यालय भवनको शिलान्यास गरेका छन् ।

जुडशितलको दिन आज(मंगलबार) नगर प्रमुख महतोले वडा नम्बर ३ पडौलमा रहेको श्री मैथिली बल्लभव माध्यमिक विद्यालयको चार कोठे भवनको शिलान्यास गरेका हुन् ।

स्थानीय कोष साझेदारीमा विद्यालय भवन निर्माण कार्यक्रम अन्तर्गत ५५ लाख लागतमा सो भवन निर्माण हुने नगरपालिकाका शिक्षा संयोजक राजकिशोर झाले बताए ।

उनका अनुसार भवनको निर्माण कार्य दुई महिना भित्र सम्पन्न हुने बताए ।

शिलान्यास कार्यक्रममा उपमेयर, उक्त वडाका वडाध्यक्ष स्थानीय बुद्धिजीवी शिक्षक लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया