पाथीभरा भगवतीको दर्शनका लागि पुग्दा देखिएको दृश्य [फोटो फिचर]

काठमाडौं । दसैं तिहारसँगै ताप्लेजुङमा अवस्थित नेपालकै प्रसिद्ध तीर्थस्थल पाथीभरा भगवतीको दर्शन गर्ने दर्शनार्थीको चाप बढेको छ ।

पाथीभरा भगवतीको दर्शन गर्नका लागि असोज, कात्तिक, चैत र वैशाखमा दर्शनार्थीहरूको चाप बढी हुने गरेको स्थानीयहरू बताउँछन् ।

पाथिभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्बर्द्धन समितिले पाथीभरा देवीको दर्शन गर्न यतिबेला देशका विभिन्न ठाउँ तथा देशबाहिरबाट पनि ठूलो सङ्ख्यामा दर्शनार्थी आइरहेको जनाएको छ ।

भगवतीको दर्शन गर्न दर्शनार्थीहरूको भिड बढेपछि यतिबेला मन्दिर नजिकको स्थानहरुमा रहेको होटलहरू भरिभराउ देखिन्छ ।

पाथीभरा भगवतीको दर्शन गरे मनोकांक्षा पूरा हुने विश्वास रहिआएको छ ।

भिडियो पनि :

प्रतिक्रिया
अमरेन्द्रकुमार यादव