इँटा भट्टाको खाल्डोमा जमेको पानीमा डुबेर दुईजना बालिकाको मृत्यु

पर्सा । पर्सामा इँटा भट्टाको खाल्डोमा जमेको पानीमा डुबेर दुईजना बालिकाको मृत्यु भएको छ ।
वीरगञ्ज महानगरपालिका २ का सन्तोष साहले सञ्चालन गरेको इँटा भट्टाको खाल्डोमा जमेको पानीमा डुबेर सोमवार दुईजना बालिकाको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।
पर्सागढी नगरपालिका–५ मा रहेको हिरा इँटा भट्टाको खाल्डोमा आइतवार राति परेको पानी जमेकोमा बाख्रा चराउन गएका दुईजना बालिकाको मृत्यु भएको हो ।
पर्सा प्रहरीका प्रवक्ता किशोर लम्सालका अनुसार मृत्यु हुनेमा पर्सागढी नगरपालिका ५ का रुस्तम मियाँकी ५ वर्षीया छोरी नेहा र मुख्तार मियाँकी ४ वर्षीया छोरी अफसाना रहेका छन् ।
खाल्डोमा जमेको पानीमा डुबेर घाइते भएका दुवैजनालाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिए पनि चिकित्सकहरूले उनीहरूलाई मृत घोषणा गरेको उनले बताए ।
प्रतिक्रिया






