पुरुषको तुलनामा महिलामा कान सुन्ने क्षमता अधिक !

काठमाडौँ । पुरुषको तुलनामा महिलामा कान सुन्ने क्षमता अधिक हुने गरेको एक अध्ययनले देखाएको छ ।

बेलायत र फ्रान्सले संयुक्त रुपमा विश्वका विभिन्न १३ मुलुकमा गरेको अध्ययन अनुसार महिलामा पुरुषको भन्दा बढी कान सुन्ने क्षमता हुने गरेको पाइएको छ ।

अध्ययन अनुसार पुरुषको तुलनामा महिलाको कान भित्र कोक्लिया नामक भागको बनोट फरक हुने गर्छ जसकारण महिलामा सुन्ने क्षमता अधिक हुने गर्छ । कोक्लिया एक प्रकारको तरल पदार्थले भरिएको सानो भाग हुन्छ जसले आवाजको तरङलाई मस्तिष्कसम्म पठाउने सङ्केतमा बदल्ने काम गर्छ । जसले गर्दा मस्तिष्कले त्यसलाई बुझ्न सकोस । त्यसबाहेक उमेर बढ्दै गर्दा शरीरमा हुने हार्मोनल परिवर्तनले पनि सुनने क्षमतामा फरक पर्ने हुन्छ ।

सेन्टर फर बायोडाइभर्सिटी एन्ड इन्भायरोमेन्टल रिसर्च फ्रान्स र बेलायतको बाथ विश्वविद्यालयले गरेको उक्त अध्ययनमा बेलायत, उज्वेकिस्तान, साउथ अफ्रिका, बेलायत लगायतका १३ मुलुकका गरी ४५० जनालाई सहभागी गराइएको थियो ।

प्रतिक्रिया
    ट्याग: