सरकार र शिक्षक महासङ्घबीच ९ बुँदे सहमति, भोलिबाट आन्दोलन स्थगित हुने !

काठमाडौं । सरकार र नेपाल शिक्षक महासङ्घबीच ९ बुँदे सहमति भएको छ ।
मन्त्रिपरिषद्ले निर्णय गरेपछि सहमतिका बुँदा सार्वजनिक गर्ने तयारी रहेको बुझिएको छ ।
सहमति अनुसार आगामी असार १५ गतेभित्र शिक्षा ऐन ल्याउन दुवैपक्ष सहमत भएका छन् । सहमति भएपछि शिक्षामन्त्री रघुजी पन्त मन्त्रीपरिषद् बैठकमा सहभागी हुन गएका छन् ।
योसँगै विगत एक महिनादेखि आन्दोलनमा रहेका शिक्षकहरूको आन्दोलन भोलिबाट स्थगित हुने लगभग निश्चित भएको छ ।
गत चैत २० गतेदेखि देशभरका शिक्षकहरू शिक्षा ऐनको माग गर्दै काठमाडौँमा आन्दोलनमा छन् ।
प्रतिक्रिया






