सरकार र शिक्षक महासंघबीचको सहमतिमा विद्यालय कर्मचारी परिषद्को असन्तुष्टि

काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिप्रति असन्तुष्टि जनाएको छ ।

परिषद्ले बिहीवार एक विज्ञप्ति जारी गर्दै शिक्षक महासंघ र सरकारले गरेको सम्झौताप्रति असहमति जनाएको हो ।

महासंघ राष्ट्रिय समितिद्वारा घोषित दोस्रो चरणको सडक आन्दोलनको २९ औँ दिनपछि बुधवार सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिपछि आन्दोलन फिर्ता लिने निर्णय गरेको थियो ।

फिर्ता गरिएको आन्दोलनको कार्यक्रमको विषयमा पूर्णरूपमा असहमति रहेको जनाउँदै परिषद्को संस्थागत धारणा बाहेकको सहमतिको भर्त्सना गरेको छ ।

प्रतिक्रिया