आज जानकी नवमी, मधेशमा सार्वजनिक विदा

जनकपुरधाम । आज जनकपुरधाममा जानकी नवमी पर्व हर्षोल्लासका साथ मनाइँदै छ । जानकी जन्मोत्सवका अवसरमा मधेश प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ ।

जन्मोत्सवको अवसरमा आज बिहान ५ बजे जानकी मन्दिरबाट दूधमती नदीमा जानकीको शाही स्नान गरिएको छ । आजै अपराह्न १२ बजे जन्म आरती तथा बधाई मङ्गलगान, दिउँसो ४ बजे डोला शोभा यात्रा र साँझ ७ बजे विशेष आरतीसहित दीपोत्सव आयोजना गरिने कार्यक्रम तय भएको छ ।

जानकी नवमीको अवसरमा भारतका प्रसिद्ध जगत गुरु रामभद्राचार्य पनि जनकपुर पुगेका छन् ।

जानकी जन्मदेखि छठिहारसम्म हरेक दिन साँझ ७ बजे जानकी मन्दिरको गर्भगृहमा जन्म बधाई गान गाइन्छ । मन्दिर व्यवस्थापन समितिका अनुसार यही वैशाख २४ गते जनकपुरधाम उपासनाका लागि मटकोर कार्यक्रम आयोजना गरिने छ भने वैशाख २५ गते धार्मिक तथा सांस्कृतिक गीतसहित सीताराम विवाह महोत्सव मनाइनेछ ।

सोहीदिन मानस मोहिनी सध्या देवीबाट विशेष रामकथा वाचन कार्यक्रमसमेत गरिने उत्तराधिकारी दासले जानकारी दिए । उनका अनुसार जनकपुरधाममा जानकी जन्मोत्सव विशेष धुमधामका साथ मनाउन व्यापक तयारी गरिएको छ ।

प्रतिक्रिया