पाकिस्तानसँगको गोलीबारीमा १० जना भारतीय नागरिकको मृत्यु

काठमाडौँ । भारत र पाकिस्तानबीच भएको गोलीबारीमा १० जना सर्वसाधारण भारतीय नागरिकको मृत्यु भएको छ । अन्य ३२ जना घाइते भएका छन् ।

बीबीसीका अनुसार एकजना शीर्ष भारतीय सैन्य अधिकारीले सोबारे पुष्टि गरेको हो ।

भारत र पाकिस्तानबीच पुछ जिल्लाको नियन्त्रण सीमा नजिकै उनीहरूको मृत्यु भएको उक्त अधिकारीले बताएका छन् ।

त्यस्तै पाकिस्तानले भारतीय हवाई आक्रमणमा २६ जना सर्वसाधारणको मृत्यु भएको र ४६ जना घाइते भएको पनि बताएको छ ।

प्रतिक्रिया