भारत-पाकिस्तान परिस्थितिबारे नेपालले भन्योः हामी आतंकवादविरुद्धको लडाईंमा साथ दिन्छौँ

काठमाडौं । नेपालले भारत र पाकिस्तानबीच बढ्दो तनावबारे धारणा सार्वजनिक गरेको छ ।

परराष्ट्र मन्त्रालयले बिहीवार विज्ञप्ति जारी गर्दै नेपालले आतंकवादविरुद्धको लडाईंमा सँधै साथ दिने बताएको छ ।

छिमेकी देशहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता दोहोर्‍याएको नेपालले यस क्षेत्रको शान्तिको निम्ति दुवै देशलाई अपिल गरेको छ ।

‘२२ अप्रिल २०२५ मा भारतको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको आतंकवादी आक्रमणपछि नेपाल सरकार भारत र पाकिस्तानबीच बढ्दो तनाव प्रति गहिरो चिन्तित छ ।

प्रतिक्रिया