भारतको जम्मू एयरपोर्टमा पाकिस्तानको आक्रमण

काठमाडौँ । पाकिस्तानले भारतको जम्मू एयरपोर्टमा आक्रमण गरेको बीबीसीले लेखेको छ ।

बीबीसीका अनुसार जम्मू शहरको गुज्जर नगर पुलमा रहेका एकजना प्रत्यक्षदर्शीले जम्मू एयरपोर्टमा करिब १६ वटा मिसाइल जस्तो वस्तु खसालेको आफूले देखेको बताएका छन् ।

एक सुरक्षा सूत्रले समाचार संस्था एएफपीलाई पनि विस्फोटबारे जानकारी दिएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार बाजार बन्द भइसकेका छन् । मानिसहरू भाग्दै सुरक्षित स्थानमा जाँदै गरेको देखिएको छ, साइरन बज्दैछ र सहरमा बिजुली छैन ।

बीबीसीका अनुसार जम्मूको विभिन्न स्थानमा विस्फोट भएको आवाज सुनिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

कठुआमा पनि दुई स्थानमा विस्फोटको आवाज सुनिएको छ र त्यहाँ पनि विद्युत आपूर्ति बन्द गरिएको छ ।

प्रतिक्रिया