भारतसँगको युद्धस्थितिले पाकिस्तानमा रहेका नेपाली विद्यार्थीमा डर

काठमाडौँ । भारतसँग पाकिस्तानले युद्ध सुरु गरेपछि पाकिस्तानमा रहेका नेपालीमा डर उत्पन्न भएको छ ।
नाम नखुलाउने शर्तमा पाकिस्तानमा अध्ययनका लागि गएका एकजना विद्यार्थीले नागरिकमिररसँग कुराकानी गर्दै भारत र पाकिस्तानबीचको युद्धस्थितिका कारण डरमा बस्न बाध्य भएको बताएका छन् ।
उनले पाकिस्तान र भारतबीचको अवस्थाबारे हालसम्म पाकिस्तानमा रहेको नेपाली दूतावासले कुनै चासो नदेखएको बताए । उनले भने, ‘झन्डै २ सयको हाराहारीमा यहाँ नेपाली विद्यार्थी छन् । भारतले बुधवार आक्रमण गर्दा नै यहाँ हाम्रो सुरक्षाको विषय उठेको थियो । तर, हालसम्म दूतावासले हाम्रो सुरक्षाका लागि कुनै चासो देखाएको छैन ।’
पाकिस्तानले भारतमाथि आक्रमण सुरु गरेपछि भारतले पनि जवाफी कारबाही गर्दा जे पनि हुन सक्छ भन्ने डरका कारण के गर्ने नगर्ने भन्ने अन्यौलता उत्पन्न भएको ती विद्यार्थीले बताए ।
प्रतिक्रिया






