पाकिस्तानसँग युद्धविराम भएको भारतद्वारा पनि पुष्टि

काठमाडौँ । भारतले पाकिस्तानसँग तत्काल युद्धविराम भएको पुष्टि गरेको छ ।

भारतीय विदेशमन्त्री डा.एस जयशंकरले पाकिस्तानसँग जारी युद्ध तत्काल रोक्ने सहमति भएको बताएका छन् ।

उनले आफ्नो एक्स ह्याडन्लमा लेखेका छन्, ‘भारत र पाकिस्तानले आज गोलीबारी र सैन्य कारवाही रोक्न सहमति जनाएका छन्। भारतले आतंकवादको सबै प्रकार र रूपको विरुद्धमा दृढ र असंझौता नीति अपनाउँदै आएको छ। यो नीति आगामी दिनहरूमा पनि जारी रहनेछ। ’

यसअघि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान तत्काल र पूर्ण रुपले युद्धविरामका लागि सहमत भएको बताएका थिए ।

यस विषयमा पाकिस्तानका उपप्रधानमन्त्री र विदेश मन्त्री इसहाकÞ डारले पनि एक्समा जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘पाकिस्तान र भारत पूर्ण र तत्काल संघर्षविरामका लागि सहमत भएका छन् ।’

उनले लेखेका छन्, ‘पाकिस्तानले सँधै आफ्नो सम्प्रभुता र क्षेत्रीय अखन्डताका साथ बिना कुनै सम्झौता शान्ति र सुरक्षा चाहन्छ ।’

प्रतिक्रिया