युद्धविरामको घोषणा भएपनि भारतको विभिन्न राज्यमा ब्ल्याक आउट र ड्रोन आक्रमण जारी

काठमाडौँ । भारत र पाकिस्तानबीच युद्धविरामको घोषणा भएपनि भारतको विभिन्न राज्यमा ब्ल्याक आउट गरिएको छ ।
समाचार संस्था एएनआईका अनुसार भारतको जम्मु काश्मिर, राजस्थान र पञ्जाबमा ब्ल्याक आउट गरिएको छ भने साइरनको आवाज पनि सुनिएको छ ।
त्यस्तै जम्मु काश्मिरको श्रीनगरमा केही ड्रोन आक्रमण भइरहेको भिडियो पनि एएनआईले सार्वजनिक गरेको छ ।
जम्मु काश्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाहले एक्समा लेखेका छन्, ‘साँझ मात्रै दुबै मुलुकबीच युद्धविरामको सहमति भएको थियो र अहिले श्रीनगरमा ड्रोन आक्रमण भइरहेको छ ।’

शनिवार मात्रै भारत र पाकिस्तानबीच साँझ युद्धविरामका लागि सहमति भएको थियो । तर, फेरि ड्रोन आक्रमण गरिएको एएनआईले सार्वजनिक गरेको विभिन्न भिडियोमा देख्न सकिन्छ ।
प्रतिक्रिया






