अमेरिकी पूर्व राष्ट्रपति बाइडनलाई ‘हाई ग्रेड’ प्रोस्टेट क्यान्सर पुष्टि

काठमाडौँ । अमेरिकाका पूर्व राष्ट्रपति जो बाइडनलाई प्रोस्टेट क्यान्सर पुष्टि भएको छ । उनको कार्यालयका अनुसार आइतवार जारी गरिएको बयान अनुसार उक्त क्यान्सर बाइडनको हड्डिसम्म फैलिसकेको छ ।

८२ वर्षीय बाइडनले गत साता मात्रै यूरिनसँग सम्बन्धित लक्षण देखिएपछि स्वास्थ्य जाँच गराएका थिए । शुक्रवार आएको रिपोर्टमा उनलाई प्रोस्टेट क्यान्सर भएको बताइएको थियो ।

उनको क्यान्सरलाई हाई ग्रेड भएको बताइएको छ । क्यान्सर रिसर्च यूकेका अनुसार हाई ग्रेडको अर्थ क्यान्सर कोषहरुमा तीव्र गतिमा फैलिन सक्छ ।

बाइडन र उनका परिवार क्यान्सरको उपचारको विकल्पको बारेमा समिक्षा गरिरहेका छन् ।

बाइडनको क्यान्सरबारे सुनेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले दुःख व्यक्त गर्दै शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रतिक्रिया