कमला नगरपालिकामा खाल्डोमा जमेको पानीमा डुबेर २ बालकको मृत्यु

जनकपुरधाम । धनुषामा सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुईजना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कमला नगरपालिका-२ सराबे टोलका रामबाबु साहका ७ वर्षीय छोरा रितिक साह र उनकै भाइ श्यामबाबु साहका ५ वर्षीय छोरा रितिश साह रहेका छन् ।

नवनिर्मित कृषि बाटोको छेउमा रहेको खाल्डोमा जम‌ेको पानीमा मंगलबार दिउँसो दुवैजना बालकको डुबेर मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।

घरबाट खेल्न निस्केका दाजुभार्इ अबेरसम्म घर नआएपछि खोजतलास गर्ने क्रममा खाल्डोमा तैरिरहेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

करिब १५ दिन अगाडि मात्र निर्माण भएको वडा नम्बर २ को सराबे टोलस्थित कृषि सडक बनाउन थालिएको थियो ।

प्रतिक्रिया
    ट्याग: