मानव तस्करीको गिरोहसँग साँठगाँठ रहेको आशंकामा गृह मन्त्रालयका सहसचिव भट्टराई पक्राउ

काठमाडौँ । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेका छन् । उनलाई केहीबेर अघिमात्रै प्रहरीले नियन्त्रणमा लिएको हो ।

मंगलवार मात्रै सरुवा भएर गृह मन्त्रालय पुगेका भट्टराई यसअघि भने त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केहीबेर अघिमात्रै विमानस्थल अध्यागमनमा छापा मारेको थियो ।

प्रारम्भिक विवरण अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुखकै मानव तस्करीको गिरोहसँग साँठगाँठ रहेको हुनसक्ने देखिएको छ ।

त्यससम्बन्धी केही प्रमाणहरू फेला परेपछि कार्यालयका प्रमुख भट्टराईलाई अख्तियारले बुधवार पक्राउ गरेको हो ।

भट्टराईको मोबाइल समेत जफत गरेर जाँच थालिएको छ ।

प्रतिक्रिया