नेपासको अध्यक्षमा पुनः डा.न्यौपाने, यस्तो छ नयाँ कार्यसमिती

काठमाडौँ । नेपाल पेडियाट्रिक सोसाइटी (नेपास) को अध्यक्षमा पुनः डा.अरुण न्यौपाने चुनिएका छन् ।
शनिवार सम्पन्न नेपासको निर्वाचनबाट अध्यक्षमा डा. न्यौपानेसहित उपाध्यक्षमा डा.रामहरी चापागाईँ, महासचिवमा डा.प्रकाश जोशी, कोषाध्यक्षमा डा.केशव अग्रवाल, सविचमा डा.दीपक राजभण्डारी र सह कोषाध्यक्षमा डा.स्मृति माथेमा निर्विरोध चयन भएका छन् ।
यस्तै ८ जना सदस्यका लागि भएको निर्वाचनमा ११ जनाले उम्मेदवारी दिएका थिए । जसमा डा.दिपक मिश्र, डा.विमला बानिया, डा. लव कुमार साह, डा.पावना कायस्थ, डा.सृजना बस्नेत, डा.विश्वनाथ अधिकारी, डा.संगीता शाक्य र डा.विराज पराजुली निर्वाचित भएका छन् ।
नवनिर्वाचित कार्यसमितीको कार्यकाल २ वर्षको हुनेछ ।
प्रतिक्रिया






