सरकारले शिक्षक बैँकको स्थापना गर्ने

काठमाडौँ । सरकारले शिक्षक अभाव हुन नदिन शिक्षक बैँकको स्थापना गर्ने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले गणित, विज्ञान र अंग्रेजी विषयको शिक्षक अभाव हुन नदिन शिक्षक बैँकको स्थापना गरिने बताए ।

साथै उनले स्नातक अध्ययन गरेका विद्यार्थीहरुलाई स्वयंसेवी शिक्षकको रुपमा परिचालन गरिने पनि बताए ।

प्रतिक्रिया