नेपाली श्रमिकहरुसँग अन्तरक्रिया गर्न मलेसिया हिडे उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव मलेसिया प्रस्थान गरेको छ।

मलेसियाको राजधानी क्वालालम्पुरमा आइतबार आयोजना हुने नेपाली श्रमिकहरुसँगको अन्तरक्रिया कार्यक्रमको प्रमुख वक्ताका रुपमा सहभागी हुन आज उनी त्यसतर्फ प्रस्थान गरेको हो।

पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार अध्यक्ष यादव जसपा नेपालको प्रवास सङ्गठन ‘नेपाली समाज मलेसिया’ पुनर्गठन कार्यक्रममा पनि सहभागी हुनेछ।

अध्यक्ष यादव नेतृत्वको टोली यही जेठ २० गते स्वदेश फर्किनेछ।

प्रतिक्रिया