ग्लेन म्याक्सवेलद्वारा एक दिवसीय क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौँ । अस्ट्रेलियन क्रिकेटर ग्लेन म्याक्सवेलले एक दिवसीय क्रिकेट फर्म्याटबाट सन्यास लिएका छन् ।

म्याक्सवेलले एक पडकास्टको क्रममा अबदेखि एक दिवसीय क्रिकेट फर्म्याट नखेल्ने घोषणा गरेका हुन् ।

उनले भने, मलाई लाग्छ अब समय आइसकेको छ की मेरो स्थानमा अरुलाई मौका दिइयोस् । जसले गर्दा ती खेलाडीले उक्त स्थानलाई सम्हाल्न सकुन् र २०२७ को विश्व कफ क्रिकेटको लागि आफूलाई तयार गर्न सकुन् । मलाई आशा छ तीनलाई पर्याप्त समय मिल्नेछ जसले उनको प्रदर्शन राम्रो हुन सक्छ ।

३६ वर्षीय म्याक्सवेलले १४९ वनडे म्याच खेलेका छन् र ३९९० रन बनाएका छन् । उनको उच्च स्कोर नट आउट रहँदै २०१ रन छ । आफ्नो एक दिवसीय क्रिकेटको सुरुआत म्याक्सवेलले २०१२ मा अफगानिस्तानविरुद्ध खेलिएको म्याचबाट गरेका थिए ।

म्याक्सवेलले एक दिवसीय क्रिकेटमा ७७ विकेट पनि हासिल गरेका छन् ।

प्रतिक्रिया