आईपीएल क्रिकेटको उपाधि रोयल च्यालेन्जर्स बैङ्गलोरलाई

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि रोयल च्यालेन्जर्स बैङ्गलोरले जितेको छ ।
अहमदावादमा सम्पन्न सन् २०२५ को आईपीएल क्रिकेटको अन्तिम खेलमा पञ्जाब किङ्गसलाई ६ रनले पराजित गर्दै बैङ्गलोरले पहिलोपटक उपाधि हात पारेको हो ।
टस हारेर पहिला ब्याटिङ्ग गर्दै मैदान उत्रेको बैङ्गलोरले निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १९० रन बनायो । १९१ रनको लक्ष्यसहित मैदान उत्रेको पञ्जाबले निर्धारित ओभर खेल्दै ७ विकेटको क्षतिमा १८४ रन मात्रै बनाउन सक्यो । पञ्जाबलाई जितबाट रोक्नका लागि बैङ्गलोरका
बैङ्गलोरको जितका लागि विराट कोहलीले सर्वाधिक ४३ रन बनाउँदा कप्तान रजत पाटीदारले २६ रन बनाए । त्यस्तै लियाम लिभिङ्गस्टोनले २५ रन जोड्दा मयंक अग्रवाल र जितेश शर्माले समान २४र२४ रनको पारी खेले । रोमारियो सेफर्डले १७ रन बनाउँदा फिल साल्टले १६ रनको पारी खेले ।