आरसीबीको स्वागतका लागि भेला भएको भिडमा भागदौड, ११ जनाको मृत्यु

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि विजेता रोयल च्यालेन्जर्स बैङ्गलोरको स्वागतमा भेला भएको भिडमा भागदौड मच्चिदा ११ जनाको मृत्यु भएको छ ।

बुधवार बैङ्गलोरस्थित एम चिन्नास्वामी स्टेडियममा विजेता टीमको स्वागतका लागि भेला भएका समर्थकहरूबीच भएको भागदौडमा दर्जनौँ घाइते भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

आईपीएल सुरु भएको १८ वर्षमा पहिलोपटक उपाधि जितेपछि लाखौँको सङ्ख्यामा समर्थकहरू स्टेडियममा भेला भएका थिए । जसमा बालबालिकादेखि युवा, वयस्क, वृद्धवृद्धा, महिला, पुरुष सबै सहभागी थिए ।

स्टेडियमको मुख्य ढोका खुलेको थिएन भने सानो ढोकाबाट जबरजस्ती स्टेडियममा प्रवेश गर्न खोजेपछि प्रहरीले भिड नियन्त्रण गर्न लाठीचार्ज गर्दा भागदौड भएको स्थानीय प्रहरीले बताएका छन् ।

प्रतिक्रिया