ईरानी आक्रमणमा परी इजरायलमा ९ जनाको मृत्यु, सयभन्दा बढी घाइते

काठमाडौँ । ईरानले इजरायलको राजधानी तेल अभिवको विभिन्न क्षेत्रमा गरेको आक्रमणमा परी कम्तिमा ९ जनाको मृत्यु भएको छ भने एक सयजना भन्दा बढी घाइते भएका छन् ।

बीबीसीका अनुसार इजरायली इमरजेन्सी सर्भिस मेगन डेविड अडोम (एमडीए) ले जानकारी दिए अनुसार तेल अभिवको दक्षिणमास्थित बाट यम शहरमा एक भवनमाथि ईरानी आक्रमणमा परी ६९ वर्षीय महिला, ८० वर्षीय महिला, १० वर्षको बच्चा र एकजना बालिकाको मृत्यु भएको हो ।

इजरायली सञ्चार माध्यमहरुका अनुसार उत्तरी शहर तमरा र हाएफÞा नजिकै पनि ईरानले गरेको आक्रमणमा परी ५ जनाको मृत्यु भएको छ ।

ईरान र इजरायलबीच बढ्दो तनावका कारण विश्व जगत नै प्रभावित बनेको छ ।

प्रतिक्रिया