अस्ट्रेलियाद्वारा ईरानमा रहेको दूतावासबाट हुने कामकाज बन्द

काठमाडौँ । अस्ट्रेलियाले ईरानमा रहेको आफ्नो दूतावासबाट हुने कामकाज बन्द गरेको छ ।
इजरायलसँगको जारी तनावका बीच ईरानको बिग्रदो सुरक्षा अवस्थालाई ध्यानमा राखेर अस्ट्रेलियाले आफ्नो दूतावासको कामकाज बन्द गर्ने निर्णय गरेको हो ।
अस्ट्रेलियाको विदेश मन्त्री पेनी वोंगले वर्तमान अवस्थामा कन्सुलरको सेवा निकै सिमिति गरिएको र हवाई क्षेत्र पनि बन्द रहेको बताइन् ।
साथै उनले आफ्ना सबै अधिकार र उनका परिवारलाई ईरान छाड्न पनि अपील गरिन् ।
पेनी वोंगले कन्सुलर स्टाफलाई ईरानबाट सारेर अजरबैजानमा स्थापित गरिने तर, राजदूत भने ईरानमै रहने पुष्टि गरिन् ।
प्रतिक्रिया






